Document Information

रेडक्रस सोसाइटी र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ

आकस्मिकताको अवस्थामा अपाङ्गता समावेशी सेल्टर र बसोबास व्यवस्थापन

क ३.२ विपद् पश्चातको आवश्यकता लेखाजोखामा समावेशीकरण

अरू मानिसहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूले पनि लेखाजोखा र परामर्शहरूमा समावेश हुन तथा सेल्टरका विभिन्न विकल्पहरूबाट छनौट गर्न उही अवसर पाउनुपर्छ ।

अपाङ्गता भएका व्यक्तिहरू आकस्मिक अवस्थाबाट कसरी प्रभावित भएका छन् भनी बुझ्न तथा सेल्टर र बसोबासमा प्राथमिकता एवं छनौटका लागि शीघ्र पुनःप्राप्तिको चरणमा विस्तृत र निरन्तर लेखाजोखा गर्न सक्षम हुनुहुनेछ ।

अध्याय ग१ मा तपाईँले बैठकहरू एवं कार्यक्रमहरूमा समावेशी सञ्चार र पहुँचका लागि सिफारिस पाउनुहुने छ । तीमध्येका धेरै सिफारिस क१.२ मा पनि मान्य हुन्छन् ।

१. तथ्याङ्क पुनरावलोकन - क ३.२.१

दर्ता अभिलेख र द्रुत लेखाजोखाबाट प्राप्त तथ्य लगायत माध्यमिक तहका तथ्याङ्कको विस्तृत पुनरावलोकन गर्न अपाङ्गता भएका व्यक्तिका संस्था र अपाङ्गता सम्पर्क सूत्रहरूलाई संलग्न गराउनुहोस् । सूचनाको जानकारी गराउन अपाङ्गता भएका व्यक्ति र राष्ट्रिय अधिकारीहरूलाई बोलाउने गर्नुहोस् ।

२. लेखाजोखाको नक्शाङ्कन - क३.२.२

आउने समयमा गर्नुपर्ने लेखाजोखाको पहिचान गर्नुहोस् । जस्तैः विपद् पश्चातको आवश्यकता मुल्याङ्कन (PDNA) । अपाङ्गताको सवाल समावेश भएको सुनिश्चित गर्नुहोस् ।

अपाङ्गता भएका विरामीहरू र नयाँ अपाङ्गता हुनसक्ने सम्भावना भएका भनी पहिचान गरिएका घाइतेहरू लेखाजोखामा समावेश गरिएका छन् भन्ने सुनिश्चित गर्न अस्पताल र स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस् । व्यक्तिगत फलोअप र प्रेषण सेवाको लागि तथा यसैगरी डिस्चार्ज भैसकेपछि चाहिने सेल्टर बसोबास सहयोगको लागि योजना बनाउनुहोस् ।

३. प्रश्नावली - क३.२.३

विस्तृत लेखाजोखा फारम अपाङ्गता समावेशी हुनेगरी र विभिन्न सेल्टर बसोबाससम्बन्धी अवरोध पहिचान गर्न पुनरावलोकन गर्नुहोस् ।

४. तालिम - क३.२.४

लेखाजोखासँग सम्बन्धित कर्मचारीहरूलाई तालिम दिनुहोस् । आवश्यक परेको खण्डमा इन्द्रीयसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूसँग सञ्चार गर्ने विज्ञता र सीप भएका कर्मचारी एवं स्वयंसेवक भर्ना गर्ने तथा उनीहरूलाई पनि लेखाजोखामा समावेश गराउनुहोस् ।

आकस्मिक चरणमाभन्दा शीघ्र पुनःप्राप्ति र पूर्वतयारीको बेलामा तालिम बढी सघन तरिकाले लैजान सकिन्छ । (हेर्नुहोस् क२.२.१)

५. साझेदारलाई संलग्न गराउने - क३.२.५

सूचना संकलन गर्न र त्यसलाई आधिकारिकता दिन अपाङ्गता भएका व्यक्तिका संस्था तथा अपाङ्गता सम्बन्धी विशेषज्ञहरूलाई लेखाजोखाको साझेदारका रूपमा संलग्न गराउनुहोस् ।

६. लेखाजोखा उपकरण - क३.२.६

लेखाजोखा उपकरण अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी हुन्छ भन्ने र प्राप्त तथ्यङ्क उमेर, लिङ्ग तथा अपाङ्गताको प्रकार अनुसार वर्गीकरण गरिन्छ भन्ने सुनिश्चित गर्नुहोस् ।

७. फर्कँदाका अवरोध - क३.२.७

सेल्टर र बसोबाससँग सम्बन्धित अवरोधलाई बुझ्ने, तर विस्थापित भएका अपाङ्गता भएका व्यक्तिहरूलाई पुनः आफ्नो थलोमा फर्कन रोक्ने अवरोधको पनि पहिचान गर्नुहोस् ।

८. प्राप्त तथ्यलाई प्रस्तुत गर्ने - क३.२.८

लेखाजोखाका प्राप्त तथ्यलाई बहु पहुँचयुक्त ढाँचामा प्रस्तुत गरिएको छ तथा यसले अपाङ्गता भएका व्यक्तिका सेल्टर र बसोबाससँग सम्बन्धित आवश्यकतालाई जोड दिएको छ भन्ने सुनिश्चित गर्नुहोस् ।

९. फलोअपको छलफल - क३.२.९

प्राप्त तथ्यको बारेमा तथा सेल्टर र बसोबाससँग सम्बन्धित सहयोगका सम्भावित विकल्पको बारेमा छलफल गर्न अपाङ्गता भएका व्यक्तिका संस्था, राष्ट्रियस्तरका अधिकारीहरू र समुदायका प्रतिनिधिहरूलाई बोलाउनुहोस् ।

घटना अध्ययन (क३.२)

पाकिस्तानमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्ने संस्था हो STEP। जसको उद्देश्य क्षमता विकास र पैरवीको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण गर्नु हो । STEP ले सन् २००५ मा आएको भूकम्प, २००९ को IDP संकट र २०१० को विनाशकारी बाढीको बेला आकस्मिक प्रतिकार्यमा भाग लिएको थियो ।

अपाङ्गतासम्बन्धी सूचना तथा स्रोत केन्द्र (IRCD) सन् २००५ मा स्थापना भएको थियो र साइट सेभरसँगको साझेदारीमा सन् २०१० मा पुनः सक्रिय भएको थियो । STEP को अनलाइन पोर्टलमार्फत नौसेरा र चारसदा जिल्लामा बाढी प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरियो र यसलाई पाकिस्तानको रेडक्रिसेन्ट सोसाइटीको संकट केन्द्रसँग सम्बन्ध स्थापित गरियो ।

STEP ले ४८० जना रेडक्रिसेन्ट स्वयंसेवकलाई आकस्मिक अवस्थामा र पुन:प्राप्ति सञ्चालन (Recovery Operation)मा अपाङ्गतालाई कसरी समावेश गर्ने भन्ने विषयमा तालिम प्रदान गर्‌यो । लेखाजोखा फारामहरू पुनरावलोकन गरिए र अपाङ्गता भएका व्यक्तिका आवश्यकताका बारेमा प्रश्नहरू समावेश गरिए ।

तालिम पश्चात पाकिस्तान रेडक्रिसेन्ट सोसाइटीद्वारा १०८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई उद्दार गरियो र पहुँच भएका सेल्टर उपलब्ध गराइयो । सेवा र सहयोग प्रदानकर्तालाई सजिलो होस् भनी त्यस्ता सेल्टहरूमा रातो झण्डा प्रयोग गरिएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरू बस्ने सेल्टरहरूमा झण्डा नै उपयोग गर्नुपर्छ भनी सिफारिस गरिएको होइन, तर यसको सट्टामा एउटा निश्चित ठेगाना प्रणाली उपयोग गर्नुहोस् र सेवा प्रदायकलाई सूचना उपलब्ध गराउनुहोस् । (हेर्नुहोस् ख१.१.९)

उदाहरणको लागि स्थानीय साङ्केतिक भाषा, यो व्यापक रूपमा प्रयोग गर्नेगरिएको छ भनेमात्र ।